लगातार तेस्रो दिन शेयर बजार घट्यो
काठमाडाैं | असार ६, २०८०
काठमाडौं: लगातार तेस्रो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १४ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ ।
आज होटल, जीवन बिमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । हिजो मङ्गलवार चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७१ वटा कम्पनीका ८६ लाख ५१ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २३ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनीको शेयर आठ प्रतिशत तथा मेन्छियाम हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटी होटलको शेयर १० प्रतिशत तथा सोल्टी होटलको शेयर साढे सात प्रतिशतले बढेको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

